मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

नेपालगन्जदेखि हुम्लासम्म बस सञ्चालन हुँदा यात्रुलाई सहज

उमेश रोकाया
२०८१ कार्तिक २६ | मध्यान्ह ०६:०७ बजे

बाजुरा, कार्तिक २६। नेपालगन्जदेखि हुम्लासम्म बस सेवा सञ्चालन हुँदा यात्रुलाई सहज भएको छ। विगत लामो समयदेखि घर तथा जिल्ला बाहिर पढाई र रोजगार सिलसिलामा बाहिर जानुपर्ने अवस्था हुँदा घन्टौं पैदलमार्ग भएर जिपको यात्रा बस चढ्नु पर्ने थियो। आजभोलि घर नजिकैबाट बस चढेर जिल्ला बाहिर सहज भएको छ। पहिला एक दुई दिन पैदल हिडेर जिपमा २ हजार २५ सयभन्दा भाडा तिरेर बस भेट्ने र गाडी चड्ने गर्थें। एक अगाडि देखि बाजुरा पिलुचौर, धुलाचौर र कवाडी हुम्ला केहि स्थान देखि बस चडेर सुर्खेत नेपालगन्ज सहरमा छिटोछरितो र सस्तोमा जाने गरेको छ।

दुर्गम हुम्ला जिल्ला अदानचुली लगायत केही ठाउँबाट घरको दैलो बाट बस सेवा पाएका छन। पहिला घरबाट बाहिर जानको लागि पैदल यात्रा गरेर जिपमा महँगो भाडा दिएर २/३ दिन लगाएर सुर्खेत नेपालगन्ज पुग्ने गरेका थियौं । बस सञ्चालन आइसकेपछि घरबाट केही हिडेर बस चडेर छिटो समय कम खर्च भएर बाहिर जाने गरेको छ। घरबाट बस चड्न पाउँदा दुर्गम गाउँमा मान्छेहरू खुशी व्यक्त गरेका छन। गाउँका बुढाबुढीले बस देख्न मात्र नभई चड्न पाइरहेका छन। जसले गर्दा बसमा आवतजावत गर्न सरल भैरहेको बस यात्रुले बताएका छन।

हुम्ला र बाजुरा जिल्लाका ठाउँ ठाउँबाट बस सेवा लिएका छन। पहिला बस चड्न महँगोमा जिप यात्रा गरेर यात्रु दुख कष्ट गरेर बसमा चडेर जिल्ला बाहिर जानुपर्ने बाध्यता अहिले हटेको छ। कर्णाली करिडोर संगै जोडिएका हुम्ला र बाजुरा अधिकास स्थानीय मान्छेहरू घरको दैलोबाट बस सेवा लिएका छन। बस सञ्चालन आइसकेपछि ५/६ हजार खर्च गरेर सुर्खेत नेपालगन्ज जानुपर्ने अवस्था अहिले कम हुँदै आएको छ। २ हजार २५ सय रुपैयाँ टिकट काटेर बस चढ्नु पर्ने हुँदा बस यात्रु खुशी भएका छन। हुम्ला र बाजुरा जिल्ला हुँदै नेपालगन्ज एक डेट दिनमा पुग्ने गरिन्छ।

दिनमा ३ वटा बस निरन्तर नेपालगन्ज सुर्खेत देखि हुम्ला चलिरहेका छ्न। बस यात्रुलाई हुम्ला, बाजुराका र मुगुका मान्छेलाई समेत सहजरूपमा यात्रा भएको छ। तिहार सकिए संगै रोजगार, पढाई तथा भारतमा ज्याला मजदुर गर्नका लागि दिनमा सयौं जना यहाँकामान्छेहरू बाहिरिने गरेको छ्न। दुर्गम जिल्ला केही स्थानमा बस सेवा सञ्चालन भएपछि यहाँका बासिन्दा खुशी भएका छन। पहिला जस्तो जिप २/३ ठाउँ फेरेर बस चड्नु पर्ने बाध्यता हटेको संयुक्त यातायात प्रालि धुलाचौर इन्चार्ज प्रकाश मल्लले बताउनुभयो।

कमेन्टहरु