दुर्घटना

बागलुङमा भ्यान दुर्घटना, पाँचजनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक २६ | बिहान ११:०७ बजे

 बागलुङ। बागलुङमा सोमबार बिहान एउटा पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी भ्यानमा सवार पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ग २ च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले बताए ।

बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो । जैमिनी–७, जैदीको व्यार्थलामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । भ्यानमा सवार एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु