मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

उमेश रोकाया
२०८१ कार्तिक २५ | मध्यान्ह ०३:०७ बजे

बाजुरा, कार्तिक २५। बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कार्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले जिल्ला अस्पतालमा पुगाएका थिए । उनले जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा पाएकी थिइन् । अहिले बच्चाकाे अवस्था भने सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ। स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

कमेन्टहरु