मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
२५ सैया अस्पताल निमार्ण हुने सम्बन्धि सरोकारवाला संग कोल्टीमा अन्तरक्रिया


बाजुरा, कार्तिक २४। बुढिनन्दा नगरपालिकाको कोल्टीमा २५ शैयाको अस्पताल बनाउने विषयमा पालिका विच शुक्रवार छलफल सम्पन्न भएको छ । कुण्डा क्षेत्रका चार वटा पालिका र छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका गरि १७ वटा पालिका विच अस्पताल निमार्णको विषयमा छलफल भएको हो । बुढीनन्दा नगरपालिका सहित स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ र हिमाली गाउँपालिकाको संयुक्त आयोजनामा छलफल सम्पन्न भएको हो । कुन्ना र कर्णाली क्षेत्रको स्वास्थ्य समस्या समाधानका लागि कोल्टिमा २५ सैया अस्पताल निमार्ण गर्ने सम्बन्धि सरोकारवालासंग छलफल भएकोे आयोजक बुढीनन्दा नगरपालिकाले जनाएको छ ।
विद्यमान परिवेशमा कोल्टी अस्पतालको समस्या समाधान गर्न ४ वटै पालिकाका सरोकारवाला ब्यक्ति तथा निकायका बिच छलफल भएको हो । जीईआई, युएस ए नामक संस्थासंग सम्झौता भएर अस्पताल निमार्णको प्रक्रियाको थालनि हुने छ । अस्पताल निमार्णको प्रक्रियामा रहेको र हाल सम्झौता समेत भईसकेको नगरपालिकाले जनाएको छ । बुढिनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहराको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाजुरा सहित छिमेकी जिल्ला कालिकोट हुम्ला र मुगुका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बाजुरा लगायत छिमेकी जिल्लाका नागरिकले उपचारका लागि देशका विभिन्न सुविधा सम्पन्न ठाउँ सहित भारत जानु पर्ने बाध्यताको बाटो खोज्नुपरेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले दुर्गम क्षेत्रका बिरामिले लाखौं खर्चेर जिल्ला बाहिर जान समस्या भएको अवस्थामा कोल्टीमै सुविधा सम्पन्न अस्पताल बनाउन सके सहज हुने बताउनुभएको हो । उहाँले अहिले पनि विपन्न समुदायका जटिल रोगका विरामी उपचारका लागि जिल्ला वाहिर जाने गरेका र उनिहरुका लागि पालिकाले सहयोग गर्ने गरेको बताउनुभयो । कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले २५ सैया अस्पताल भन्दा पनि स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउन उपयुक्त हुने जनशक्ति भएको बताउनुभएको छ ।
उहाँले अस्पतालका लागि चाहिने जनशक्ति प्रयाप्त भएको र मात्रै स्रोत साधानको कमी भएको बताउनुभएको हो । दुर्गम बाजुरामा भौगोलिक विकटताको कठिनाईले सुत्केरीले बाटोमै बच्चा जन्माउने विद्यमान समस्याको अन्त्य गर्न अस्पताल आवस्यक हुने बताउनुभयो । समयमा उपचार सेवा नपाएर कतिपय आमाको अकालमा ज्यान जाने गरेको स्मरण गराउदै उहाँले दुर्गम बाजुरामा अझै कतिपयले उपचार अभावमा तड्पीनु परेको बताउनुभयो । कोल्टीमा २५ सैया अस्पताल निर्माणमा सबैले सहयोग र हातेमालो गरेर अगाडि जानुपर्ने धारणा राख्नुभयो । उहाँले बाहिरबाट आउने अनुदान सहयोगमा सबैले हातेमालो गरि अगाडी बढ्नुपर्ने र नागरिकको सेवामा सबै पालिकाका प्रतिनिधिले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख जनक कुमार बोहराले नागरिक बचाउनु जनप्रतिनिधिको पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले सोही अनुरुप नगरपालिकामा स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहरहेको दावि गर्नुभयो । आफू निर्वाचित भईसके पनि स्वास्थ्यमा उल्लेखनिय सुधार भएको बताउदै स्वास्थ्यमा पुग्दो मात्रामा स्वास्थ्यकर्मीको ब्यवस्थापन भएको दावि गर्नुभयो । उहाँले आफ्नो पहिलो कर्तब्य नागरिक बचाउने भएको बताउदै दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर भए पनि उपचारमा कमि नभएको बताउनुभयो ।
तर अव सहयोगीदाता खोजेर शिविर सञ्चालन गर्न नसकिने र अर्का तिर छोटो समयको शिविरले उपचारको दायर फराकिलो नहुँने अवस्थामा अस्पताल बनाउनु पर्छ भन्ने ध्येय राखिएको बताउनुभयो । अब बन्ने २५ सैयाको अस्पताल बुढिनन्दा नगरपालिकाकाको नभै छिमेकी जिल्लाको समेत स्वामीत्व रहने बताउनुभयो । यस अघि सुविधा सम्पन्न अस्पताल नहुँदा जटिल खालका विरामीलाई जिल्ला वाहिर पठाउनु परेको बताउदै अस्पताल निमार्ण भईसके पछि त्यो समस्या नहुँने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले कोल्टी अस्पतालबाट प्रदान भईरहेको स्वास्थ्य सेवा र लक्षित सेवाग्राहीको विवरण प्रस्तुत गर्नुभएको थियो ।
उहाँले प्रस्तुत गर्नुभएको विवरण अनुसार बाजुरा सहित छिमेकी जिल्लाका १७ वटा पालिकाले सेवा पाएका छन । उहाँले कोल्टी अस्पतालले हाल सम्म २ लाख जनसंख्यालाई सेवा दिइरहेको पनि जानकारी दिनुभएको छ । अस्पताल निमार्ण भएमा बाजुरा सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका गरि १७ पालिकाका १ सय ३५ वडाका नागरिक लाभान्दीत हुने छन ।























