माथिल्लो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

नवलपुर टुडे
२०८१ कार्तिक २४ | बिहान ०७:०७ बजे

काठमाडौँ । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सो अवसरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो, हेपाइटाइएटिस ‘बी’ र ‘सी’, पिसाबसम्बन्धी, पाठेघरको क्यान्सर, नशासम्बन्धी तथा दन्तरोगको परीक्षण गरिएको कुनफेन क्लिनिकका निर्देशक डा नीमाछिरिङ नेपालीले जानकारी दिए ।
विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लामा बसोबास गर्ने बासिन्दालाई लक्षित गरी चीनबाट समेत चिकित्सक झिकाएर बिरामीको निःशुल्क स्वाथ्य परीक्षण तथा दीर्घरोगीलाई औषधि वितरण गर्ने गरिएको र यसबाट दुई देशबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन मद्दत पुगेको अरनिको समाजका कोषाध्यक्ष डा सुशील प्रजापतिले बताए ।
उनका अनुसार समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ।


















