लुम्बिनी प्रदेश

थाई एयर एशियाको दोस्रो उडान: बैंककबाट ७ यात्रु आए, भैरहवाबाट ३२ जना यात्रु लिएर गए

नवलपुर टुडे
२०८१ कार्तिक २३ | मध्यान्ह ०७:०७ बजे

भैरहवा । थाइल्याण्डको वायुसेवा कम्पनीले थाई एयर एशियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ। एयर एशियाको यो नियमित उडान हो।

यसअघि कात्तिक १८ गते सर्वसाधरण यात्रुविहीन आएर गएको उक्त विमान शुक्रवार यात्रु लिएर आएको र गएको छ। शुक्रबार दिउँसोमा १२:३० बजेमा सात यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट ३२ जना यात्रु लिएर १:१० बजे बैंकक प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले बताए।

उनका अनुसार विमानमा आएका सात जना विदेशी र यहाँबाट जाने ३२ जना नेपाली नागरिक थिए। थाई एयर एशियाले भैरहवा विमानस्थलबाट सातामा दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि भैरहवाबाट जानेछ।

संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेजले पनि शनिबार (कात्तिक २४ गते)देखि भैरहवा विमानस्थलबाट नियमित उडान गर्दैछन्।

जसमध्ये फ्लाई दुबईले विमानस्थलबाट दैनिक एक उडान र जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

कमेन्टहरु