कोशी प्रदेश

ताप्लेजुङमा पाथीभरा केवलकार निर्माण पक्षधर र विरोधी पक्षबिच ढुंगा हानाहान, ४ घाइते

नवलपुर टुडे
२०८१ कार्तिक २३ | मध्यान्ह ०३:०७ बजे

स्थानीय प्रशासनका अनुसार दुवै पक्षबाट गरी चार जना घाइते भएका हुन्। झडपपछि अहिले अवस्था केही शान्त भए पनि काफ्लेपाटी क्षेत्रमा सुरक्षा सतर्कता कायम गरिएको छ।

नेपाल प्रहरी निरीक्षक विवेक बस्नेत र शसस्त्र प्रहरी निरीक्षक डेगेन्द्र ओलीको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली तैनाथ छ।

1731059250 462581959 1130816242047777 4443796169176284648 n

दुवै पक्षका मानिसहरू हाल काफ्लेपाटी क्षेत्रमा नै छन्। झडप दोहोरिन नदिन सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको छ।

केवलकार निर्माण कम्पनीले स्काभेटर लैजाने प्रयास गर्दा स्थानीय प्रशासनले स्काभेटरको चाबी नियन्त्रणमा लिएको र त्यसै क्रममा निर्माण पक्षधर र विरोधी पक्षबीच ढुंगा हानाहान भएको बताइएको छ।

प्रहरीले दुवै पक्षलाई तितरबितर बनाएपछि स्थिति अहिले सामान्य बनेको जनाइएको छ।

 
 

कमेन्टहरु