अवैध रुपमा चिनी ल्याएर भण्डारण गरी राखेको सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना पुगेको संयुक्त टोलीमाथि उनीहरुले आक्रमण गरेका हुन्।
सो क्रममा संयुक्त टोलीले ११२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयको सहयोगमा तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढासमेत प्रहार गरेका थिए। ढुंगामुढाबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने गाडीमा समेत क्षति पुगेको छ।
रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।

























