सहकारी पीडितले भने– रविलाई किनिदिएको तीन करोडको गाडी खोई ? रास्वपालेभन्दा बढी जनता उतार्न सक्थ्यौँ तर पोखरा शान्त राख्न खोजेका हौँ

नवलपुर टुडे
२०८१ कार्तिक २३ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले सरकार र अदालतलाई दबाब दिन रास्वपाले गलत तरिकाले सडक संघर्ष गरेको बताएका छन् ।उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
जीबी राईका नाममा रहेको सम्पत्ति खोजी गरेर लिलामी गरेर पनि पीडितको रकम फिर्ता दिनुपर्ने उनीहरुले माग गरे । “हाम्रो पैसाले हेलिकोप्टर र जहाज बाहेक सबै किने,” उनीहरुले भने, “रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ? जीबी राईका नाममा रहेको सम्पत्ति खोजेर सरकारले लिलाम गरिदियो भने हामीलाई पनि सहज हुन्छ ।”
आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताउँदै भने, “रास्वपाका कार्यकर्ताभन्दा बढी उतार्न सक्थ्यौँ तर हामी पोखरालाई शान्त राख्न खोजेका हौँ । सरकारले काम गरेको छ भनेर चुप लागेका हौँ ।”























