चितवनमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा चार जनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक २३ | बिहान ०६:०७ बजे

चितवन । चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । हायसमा सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नं को बस एक आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो । सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


















