दोलखामा गयो ४.६ म्याग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०८१ कार्तिक २२ | मध्यान्ह ०८:०७ बजे

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार साँझ ७:५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, कात्तिक १० गते दोलखाकै लामिडाँडामा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।


















