दुर्घटना

कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु

नन्द किशोर कुर्मी (लालु)
२०८१ कार्तिक २२ | बिहान ०५:०७ बजे
कपिलवस्तु । कपिलवस्तुको बनगाईमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 
सुपादेउरालीबाट रिजर्भ गरेर पश्चिमबाट पूर्वतर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले ठक्कर दिएर अर्घाखाँचीको खनदह घर भई हाल बाणगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका ३६ वर्षीय भीमलाल पोख्रेलको ज्यान गएको हो।
 
इलाका प्रहरी कार्यालय पिपराका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतक पोख्रेलको शव पोष्टमार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ।

कमेन्टहरु