गण्डकी प्रदेश महोत्सव कात्तिक २६ गतेबाट मंसिर १० गतेसम्म संचालन
नवलपुर टुडे
२०८१ कार्तिक २१ | मध्यान्ह ०७:०७ बजे
नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आयोजित गण्डकी प्रदेश महोत्सव–२०८१ तीन दिन पछाडि धकेलिएको छ । नवलपुरको गैँडाकोटमा कात्तिक २३ गतेबाट सुरु हुने भनिएको महोत्सव अब कात्तिक २६ गतेबाट प्रारम्भ हुनेछ ।
महोत्सव आयोजक मूल समितिका संयोजक अमृत भट्टचनले सूचना जारी गर्दै विभिन्न असहज परिस्थितिका कारण महोत्सव आयोजनाको मिति परिवर्तन भएको जानकारी दिएका छन् । अब परिवर्तित मिति कात्तिक २६ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव संचालन हुनेछ ।
महोत्सवमा करिब ३ सय वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, हस्तकला, सूचना, प्रविधि लगायतका स्टलहरू रहने छन् । २ लाख दर्शकले अवलोकन गर्ने र महोत्सवबाट करिब १ करोड ७० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।