प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

नवलपुर टुडे
२०८१ कार्तिक २१ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । ओलीका सचिवालय सदस्य प्रकाश सिलवालका अनुसार ज्वरो आएपछि गरिएका परीक्षणको रिपोर्ट सामान्य आएको छ ।
“स्वास्थ्य अवस्था सुधारउन्मुख छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य छन्,” उनले भने । ज्वरो आएपछि मंगलबारबाट प्रधानमन्त्री ओलीको भेटघाटका कार्यक्रम रोकिएको थियो ।


















