नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक २० | मध्यान्ह ०२:०७ बजे

कावासोती । नवलपुरको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका- ७ का ६५ बर्षका सुकबहादुर बोटे रहेको प्रहरीले जानकारी दिएको छ ।
बोटे कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका बेला गैँडाको आक्रमणबाट घाईते भएका थिए । गम्भीर घाईते भएका बोटेको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले बताए ।

















