घटना, दुर्घटना, देश, मुख्य समाचार, वातावरण, विचार/ब्लग, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु

प्रशान्त बोहरा
२०८१ कार्तिक १९ | मध्यान्ह १०:०७ बजे

बैतडी – बैतडीमा सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५सय मिटर तल भिरमा खसेकी थिईन। जिल्लाको सुर्नया गाउँपालिका वडा नं–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।

बोकाले हानेर ५ मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको आफन्त समेत रहेका स्थानीय केशवराजभट्टले जानकारी दिए ।
मृतक भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन् ।

तिहार सकिए लगत्तै भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडिगाउँ शोकमा डुबेको छ ।Screenshot 20241104 2218102

कमेन्टहरु