आरोपित महेशले आफ्नो अपराध स्वीकार गर्दै यसअघि आफूले पूर्व सांसद/विधायकसँग काम गरेको बताएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अभियुक्त महेश पाण्डे केही दिनअघि यूएई गएका थिए, जहाँ उनले यूएईमा बस्ने भाउजुबाट सिम लिए। अनि भारत फर्किएपछि उनले सोही सिमबाट ह्वाट्सएप एकाउन्ट बनाए र प्रयोग गर्न थाले।
भारतीय सञ्चारमाध्यमका अनुसार यसबीच सांसद पप्पु यादवले बाबा सिद्दिकीको हत्याबारे आफ्नो बयान दिए। यो खबर सुनेर आरोपित महेशले गुगलबाट सांसद पप्पु यादवको नम्बर पत्ता लगाएर म्यासेज पठाए। हालसम्म अभियुक्तको कुनै पनि आपराधिक गिरोहसँग सम्बन्ध खुल्न नसकेको प्रहरीले जनाएको छ।
अक्टोबर २८ मा पूर्णिया, बिहारका लोकसभा सांसद पप्पु यादवलाई ज्यान मार्ने धम्की आएको थियो, जुन लरेन्स बिश्नोई गिरोहबाट आएको भनिएको थियो।पप्पु यादवले दिएको धम्कीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

























