रौतहटमा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

नवलपुर टुडे
२०८१ कार्तिक १६ | बिहान १०:०७ बजे

रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा वर्ष ७० कि पातली तामाङ रहेको छ ।
आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा भएको हो । हात्तीले मृतकको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन्।
जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान् भागेर ज्यान बचाएका थिए । हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए। हाल नेपाल प्रहरी, डिवीजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























