मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

बझाङमा बाघको आतंक, २ बाख्रा मार्यो, ४ घाइते, ६ बेपत्ता

प्रशान्त बोहरा
२०८१ कार्तिक १४ | मध्यान्ह ०६:०७ बजे

बझाङ: बझाङमा १२ वटा बाख्रा बाघले मारेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाँ बस्ने रमेश बहादुर खातीका १२ वटा बाख्रा जंगलमा बाघले मारेका हुन् । हिजो बेलुका ५ बजेको समयमा घर नजिकैको जंगलमा चराउने क्रममा बाघले १२ वटा बाख्रालाई आक्रमण गर्दा २ वटा बाख्रा मरेका पाएको बताउनु भयो ।४ वटा बाख्रा घाइते भएका पीडित रमेश खातीले जानकारी दिए ।

साना ठुलो पाठा बोका गरेर जम्मा १२ वटा बाख्रा घर नजिकैको जंगलमा चराउन लगेका थियौ उहाले भने । ६ वटा बाख्रा अझै बेपत्ता रहेका उहाले बताए । घर नजिकैका जंगलमा बाघले आतंक मच्चाएपछि स्थानिय त्रसित भएका खातीले जानकारी दिए । बाघले यसरी सबै बाख्रालाई मार्दा लगानीमा ठुलो क्षति पुगेको खातीको भनाई रहेको छ ।

कमेन्टहरु