खेलकुद

पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खला : नेपालले स्कटल्यान्डलाई हरायो

नवलपुर टुडे
२०८१ कार्तिक १४ | बिहान ०५:०७ बजे

काठमाडौ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल विजयी भएको छ । गएराती सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको नेपालले २९.५ ओभर मै पाँच विकेटको क्षतिमा १५५ रनको लक्ष्य भेट्टायो ।

 

कमेन्टहरु