बुटवलबाट ४९ लाख भन्दा बढी मुल्यको अबैध सुनसहित २ जना पक्राउ


बुटवल, कार्तिक १३ । बुटवलबाट झण्डै पचास लाख मुल्य बराबरको अबैध सुनसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला वाणगंगा नगरपालिका- ८ कपिलवस्तु बस्ने बर्ष ३३ को अकबर अलि मिया र सोही नगरपालिका- ७ बस्ने बर्ष ३७ को अर्घाखाँची सुनचादी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई गएराति बुटवल उपमहानगरपालिका- ८ रामनगरस्थित पुर्व – पश्चिम राजमार्गमा कृष्णनगर कपिलवस्तुबाट काठमाडौ जाँदै गरेको लु २ ख ६५४२ नम्वरको बसबाट राजश्व छली गरी अबैध सुन ल्याउदैछ भन्ने गोप्य सुचनाको आधारमा सो नम्बरको बस रोकी चेकजाँच गर्नेक्रममा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रही कार्यालय रामनगर बुटवलबाट खटिएको संयुक्त प्रहरी टोली सुनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने निजहरुको साथबाट अन्दाजी रु. ४९,५४,८१७.५।- मूल्य बराबरको पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु थान २ (तौल २९ तोला ५८.१ लाल ३४५.०४ ग्राम परिणामको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
बरामद सुनसहित आरोपितललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही बुझाएकोसमेत खनालले बताए ।























