सुर्खेत बराताल गाउँपालिका नर्सिङ निरीक्षक बिष्णु गुरुङ सम्मानित

नवलपुर टुडे
२०७७ भदौ २२ | मध्यान्ह ०१:०५ बजे

सुर्खेत । नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका सक्रिय सदस्य साथै नेपाल नर्सिङ युनियन सुर्खेतका अध्यक्ष बराहताल गाँउपालिका नर्सिङ निरिक्षक बिष्णु गुरुङ निजामति सेवा दिवस २०७७ का अवसरमा सम्मानित भएको छ ।
नर्सिङ निरीक्षक बिष्णु गुरुङ सम्मानित भए संगै उहाले गरेको कामको प्रसंसा गर्दै स्थानिय लगायत स्वास्थ्यकर्मी संघमा आबद्ध चिरपरिचितले उहाँलाई बधाई दिनेहरुको लर्को लागेको छ । बिष्णु गुरुङ सुर्खेत बराताल गाउँपालिकामा नर्सिङ निरीक्षकको रुपमा काम गर्दै आउनुभएको छ ।


















