कृषि, सुदुरपश्चिम प्रदेश

रेरास परियोजनाद्वारा कुटानी पिसानी र घर बगैंचा सुरुवातले कृषकको मुहार फेरिदै

उमेश रोकाया
२०८१ कार्तिक १२ | मध्यान्ह ०६:०७ बजे

बाजुरा, कार्तिक १२। रेरास परियोजना द्वारा कुटानी पिसानी सञ्चालन संगै घर बगैंचाको सुरुवातले गाउँका कृषकहरुको मुहार फेरिदै गएको छ। लि-वर्ड/रेरास परियोजना बाजुरा जिल्लाका ६ वटा स्थानीय तहमा लागू गरिएको छ। जस्मा हिमाली गाउँपालिका वडा नम्बर ४ फैती गाउँमा पहिलो वर्षको माघ महिनाबाट सुरुवात भएको हो। रेरास परियोजनाको सहयोगबाट फर्सी, काउली, बन्दा, टमाटर, धनिया, प्याज, लसुन, र मुलाको बिउ उपलब्ध गराएर लगाएको छ। बीउ मात्र नभए कृषि प्राविधिक सहयोग पनि दैनिक हामी कृषकलाई मद्दत हुँदै आइरहेको छ। घर बगैंचाको स्थापना देखि सबै कामको सरल रेरास परियोजना बाट सहयोग पाएको रेरास परियोजनाकी स्थानीय स्रोत व्यक्ति सिजना जैशीले बताए।IMG 20241026 090307 065 scaled

उहाँले भन्नुभयो, “लि-वर्ड/रेरास परियोजना लागू भएदेखि हामीलाई तरकारी खेती गर्नका लागि टमाटर, खुर्सानी, भान्टा, थोपा सिचाइ, टनेल समेत दिएको छ।” तरकारी खेतिका लागि गडयौला मल कम्पोस्ट मल, झोल मल, भकारो सुधारम समेत सहयोग गरेको छ। घर बगैंचा बनाएको महिनामै टमाटर उत्पादन गरेर ६/७ हजार हजार बजारमा बेचेर आम्दानी गरेको छु। काउली र बन्दा बेचेर २० हजार सम्म गरेको थिए। ‘आफू खाइ गाउँलाई दिने तरकारी दिएको छु। घरका बच्चालाई कापी, कलम गर्ने टनेल नभए भाउ लाग्ने थिएन।’ टनेल बाट उत्पादन गरेर केही तरकारी खाइरहेका छौँ। लि-वर्ड/रेरास परियोजना बाट धेरै सहयोग पाएको महसुस भएको परिवर्तन कृषक समुहकी अध्यक्ष जैकली पाण्डेले बताउनुभयो।IMG 20241026 115836 119 scaled

गाउँ घरमा तरकारी खेती गर्दा गाइ मल प्रयोग गर्दा थियौं। लि-वर्ड/रेरास परियोजना लागू भए देखि गडौया मल बनाएर हाल्ने गरेको छ। पहिला घरबाट गोबर मल पिठ्युँमा बोकेर लिनुपर्ने स्थिति थियोे। आजभोलि घर बगैंचा संगै गडयौला मल बनाएर प्रयोग गर्ने गरिएको छ। यसमा सबै समुह गाउँमा खुशी भएको व्यक्त गरेका छन। तरकारी काउली, टमाटर, बन्दा, भान्टा, फलाएका छौ। काक्रा पनि डोकाका डोका उत्पादन गरेर बेचेर आम्दानी गरिएको समुहकी अध्यक्ष पाण्डेले बताए।IMG 20241026 092643 016 scaled

उहाँले भन्नुभयो, “लि-वर्ड/रेरास परियोजनाले गर्दा धेरै काम सहज भएको छ। पहिला धान कुटने क्रममा मुसल कुटने गरेका थियौ। अहिले रेरास परियोजनाले कम्बाइन राइस् मिल दिएर सञ्चालन आएपछि जुन पहिला मुसलले कुटने काम बन्द भएको छ।” अहिले कम्बाइन राइस् मिल सञ्चालन आइसकेपछि धान मिलमा हालेर चामल निकाल्न सहज भएको छ। मिल दैनिक आय आर्जन राम्रो हुँदै गैरहेको छ। एक दिनमा ४-५ क्वीन्टलहरु कुट्ने गरेको छ। गएको वर्षको भदौ महिनाबाट सञ्चालन ल्याएको हो। आजभोलि गाउँलाई धान कुटनमा सहज भएको छ। आफुलाई राम्रो कमाइ भएको मिल सञ्चालक दिनेश सार्की बताउनुभयो।IMG 20241026 122549 1

कृषकका समस्या समाधान गर्ने एक मात्र लि-वर्ड/रेरास परियोजनालाई गाउँलेहरु CARE NEPAL को भाइ उपनामले चिन्ने गरेका छन। गाउँमा धान कुटने, कोदो चुट्ने र मकै दाना निकाल्ने सहित गहुँ, कोदो र मकै पिस्ने विद्युतिय मिल दिएको छ। विगत पहिला दिनभरि लाग्ने काम अहिले १ घण्टामै गर्ने गरेका छौँ। मकै उदार्न पहिला दिनभरि हातको सहायताले एक कट्टा सम्म काम हुन्थ्यो। अहिले ५ मिनेटमै विधुतिय मकै खोल्साउने मेसिनबट काम हुने गरेको संचालक सार्कीले बताए।

उहाँले भन्नुभयो, “लि-वर्ड/रेरास परियोजनाले मेसिन दिएको छ। पहिला गहुँ, कोदो र धानको फल निकाल्न काठको लौरो बनाएर धेरै मेहनत कष्ट गरेर काम गर्नुपर्ने ४/५ जना मान्छे लागेर काठको लौरो बनाइ ग्याब्रीले चुट्नु पर्ने अवस्था थियो।” रेरास परियोजनाले विद्युतबाट सञ्चालन हुने मिल मेसिन प्राप्त गरेको हुँदा अहिले मान्छे पनि कम चाहिने परिश्रम कम हुने कोदो चुट्ने मिल दिदा सजिलो भएको छ। अहिले हामीलाई काम गर्ने निकै सजिलो उपाय आधुनिक विद्युतबाट मिल चलाउने गरेका छौँ। गाउँमा उत्पदन हुने कोदो उक्त संचालित थ्रेसरबाट थ्रेस गर्न निकै सजिलो भएको गाउँका समाजसेवी रंग बहादुर मल्लले बताउनुभयो।

Screenshot 20241028 121950 1

लि-वर्ड/रेरास परियोजना बाजुरा जिल्लामा ६ वटा पालिका मध्य हिमाली गाउँपालिका वडा नम्बर ४ फैती माघ महिना देखि सुरु गरिएको छ। यसले कृषि क्षेत्रमा बढी काम गर्दै आइरहेको छ। विशेषगरी घर बगैंचा र खाद्य तथा पोषण सुरक्षा संगै जीविकोपार्जन समेत काम गर्ने उद्देश्यले लागू भएको हो। लागू भएको गाउँमा गड्यौला र कम्पोस्ट मल जलवायु र कृषि मैत्री संगै भकारो सुधारमा काम गर्ने गरेको छ। गाउँमा ५ वटा कृषक समुहमा काम गर्दै आइरहेका छ। घर बगैंचा स्थापनामा निकै जोड दिएको धवलपूरा कृषक समुहकि अध्यक्ष जानुका विकले बताए। समुहलाई कम्बोइन राइस् मिल, मल्टीक्रप थ्रेसर, बिधुतिय घट्ट र विद्युतिय मकै छोडाउने मेसिन हस्तान्तरण गरेर प्रयोगमा ल्याएका छन। जसले गर्दा गाउँमा कोदो चुटन, गहुँ, कोदो, मकै पिस्न, धान कुटन, मकै दाना निकाल्ने मेसिन दिएको छ। रेरास परियोजना लागू हुनु भन्दा अगाडि ४/५ घण्टा लाग्ने काम आजभोलि १ घण्टामै हुने गरेको रेरास परियोजना कृषि प्राबिधिक खिम बहादुर ओलीले बताउनुभयो।IMG 20241026 094404 650 scaled

पाँच वटा समुहलाई सिजन अनुसार काउली, बन्दा, मुला, रायो, प्याज, धनिया, पालङो, लट्टे साग, सिमी, काक्रा, लसुन, फर्सी र चिचिन्डा बीउ वितरण गरेर उत्पादन गरेका छन। महिला मैत्री कृषि औजार कुटो, फाउडो र रेक २४ घरहरुलाई प्लास्टिक घर सहित थोपा सिचाइ, झोल मल ड्रम IPM पासो विभिन्न LURE सहित ६ जना अगुवा कृषकलाई गड्यौला मलको लागि खाडल सहित ६ जनालाई गोठ सुधारम समेत सहयोग गरेको छ। त्यो संगै नर्सरी व्यवस्थापन, घर बगैंचा व्यवस्थापन, स्थानीय तथा रैथाने बालीको उत्पादन तथा उपयोगिता वृद्धि सम्बन्धि सचेतकमुलक तालिम, जलवायुमैत्री कृषि प्राविधी सम्बन्धि तालिम दिएको छ।

बीउ उत्पादन तथा भण्डार सम्बन्धि क्षमता विकास तालीम, रोग किरा व्यवस्थापन, संरक्षण कृषि प्राविधी, होटल व्यवसायी तथा विधालय दिवा खाजा अन्तर्गतका भान्सेलाई स्थानीय तथा रैथाने बालीबाट बन्ने परिकार सम्बन्धि तालिम, पालिका भरका महिला स्वास्थ स्वयंसेविका स्थानीय तथा रैथाने बालीले पोषणम पुर्‍याएको योगदान सम्बन्धि, कृषि औजार मर्मत तथा सञ्चालन सम्बन्धि तालीम सञ्चालन र चार समुहका प्रत्येक सदस्यलाई तीन-तीन वटा बीउ भण्डारका लागि PICS ब्याग समेत सहयोग गरिसकेको रेरास परियोजना कृषि प्राबिधिक खिम बहादुर ओलीले बताउनुभयो।

कमेन्टहरु