मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाली काँग्रेस स्वामिकार्तिकमा दशै तथा शुभ दिपावलीकाे शुभकामना आदानप्रदान

उमेश रोकाया
२०८१ कार्तिक ११ | बिहान १०:०७ बजे

बाजुरा, कार्तिक ११। नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउँपालिकामा वडा दशै तथा शुभ दिपावलीकाे शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउँ कार्यसमितिको आयोजना दशै तथा छठ पर्व शुभ दिपावली शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। स्वामीकार्तिक खापर गाउँपालिका सबै वडा-वडामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै कार्तिक १० गते शनिबार पालिकामा सम्पन्न भएको छ।

विशेषगरी आउदो मंसिर १६ गते उपनिर्वाचन हुन गएको छ। उपाध्यक्ष उपनिर्वाचनका यहाँका स्थानीय सन्देश दिन यो कार्यक्रम गरिएको हो। पाटी संघठन बलियो बनाउन संगै आउदै गरेको उपनिर्वाचनको नेपाली काङ्ग्रेस पाटीको छलफल तथा भेटघाट कार्यक्रम गरिएको हो। उपाध्यक्ष पदको उपनिर्वाचन पाटी खेल्ने भुमिका रणनीतिक बारेमा छलफल भएको छ। सोही कार्यक्रम सभा अध्यक्ष नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमिति सभापति महेश कटेल प्रमुख अतिथि पुर्व भुमि सुधार सहायक मन्त्री जनराज गिरी विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला पाटी सभापति रामसिङ रावल, पुर्व जिल्ला पाटी सभापति कविराज पण्डित, महासमिति धनराज पण्डित, नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, जिल्ला उपसभापति नारायण पाध्याय, जिल्ला सचिव भरत बहादुर रोकाया, सह-सचीव कृष्ण पाध्याय महाधिवेशन प्रतिनिधि सुमन केसी, कर्ण थापा सहित नेताकार्यकर्ता उपस्तिथिमा कार्यक्रम समापन गरिएको नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमिति सभापति महेश कटेलले बताएका छन।

कमेन्टहरु