समाचार, समाज

हृदयघातका कारण गैंडाकोटस्थित विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीको निधन

नवलपुर टुडे
२०८१ कार्तिक ११ | बिहान १०:०७ बजे

गैंडाकोट, कात्तिक १० । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको छ । नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको हो।

सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ ।

पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका माडी निवासी क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रले एक होनाहार युवा गुमाएको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले क्षेत्रीको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको बताए  ।

कमेन्टहरु