देश

डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

नवलपुर टुडे
२०८१ कार्तिक ११ | बिहान ०७:०७ बजे

काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले हात परेकी छन्। शनिबार राति नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरिएको थियो। जसको उपाधि कार्कीले जितेकी हुन्।

अभिनेत्री वसन्धुरा भुषाल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले विजेता कार्कीलाई पुरस्कार प्रदान गरेका हुन्। मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेसँगै कार्कीले अब अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छन्।

यसैगरी, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जिते। यी दुई विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन्। रिबन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितको फस्ट रनरअप एलिना घिमिरे, सेकेन्ड रनरअप किरण कार्की र थर्ड रनरअप अनु कार्की घोषित भएका छन्।

कमेन्टहरु