धर्म–संस्कृति/रीतिथिति, मुख्य समाचार, राजनीति, समाचार
साँस्कृतिक जागरण अभियान तथा छठ पर्वको शुभकामना आदानप्रदान भक्तपुरमा


बाजुरा, कार्तिक १०। साँस्कृतिक जागरण अभियान तथा शुभ दिपावली छठ पर्वको शुभकामना आदानप्रदान एवम् विविध साँस्कृतिक कार्यक्रम गरेर मनाइएको छ। “लोकतान्त्रिक समाजवादका लागि लोकतान्त्रिक संस्कृति” साँस्कृतिक जागरण अभियान संगै शुभ दिपावली नेपाल सम्वत् ११५४ न्हुदँया र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवम् विविध साँस्कृतिक कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् साहित्य,कला तथा संस्कृति विभाग प्रमुख विद्या तिमिल्सिनाले बताउनुभयो।
नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेशको आयोजनामा भक्तपुर जिल्लामा प्रदेश स्तरिय सांस्कृतिक जागरण अभियानमा सुरु गरिएको छ। बागमती प्रदेश भित्रका सबै जिल्लामा सांस्कृतिक जागरण अभियान कार्यक्रम निरन्तर गरिने भएको छ। हामीले भक्तपुर जिल्लामा पहिलो कार्यक्रम सुरु गरिएको छ। शुभकामना आदानप्रदान सहित सांस्कृतिक जागरण संगै संघठित सुदृढीकरण गर्ने उद्देश्यले विशेषगरी यो कार्यक्रम सुरुवात भएको विभाग प्रमुख तिमिल्सिनाले बताए।
कार्यक्रम सभा अध्यक्ष नेपाल साँस्कृतिक महासघ बागमती प्रदेश सभापति राजेन्द्र खत्री प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति अभियान भक्तपुर जिल्लाका प्रतिनिधि बल बहादुर के.सी. विशिष्ट अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् साहित्य,कला तथा संस्कृति विभाग प्रमुख विद्या तिमिल्सिना, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द बानियाँ, साँस्कृतिक महासघ जिल्ला सभापति तिर्थ थापा लगायत सहभागिता साँस्कृतिक जागरण अभियान तथा शुभ दिपावली छठ पर्वको शुभकामना आदानप्रदान एवम् विविध साँस्कृतिक कार्यक्रम गरिएको नेपाल साँस्कृतिक महासघ बागमती प्रदेश सभापति राजेन्द्र खत्रीले बताएका छन।























