छपकैया नाकाबाट रुक्न सकेन तस्करी, तस्करी नियन्त्रण गर्न पर्सा प्रहरी असफल


वीरगंज १० कात्तिक। चोरी तस्करी नियन्त्रण गर्न सफल भएको दावी गर्दै आएको पर्सा प्रहरी, छपकैया नाकाबाट चोरी तस्करी नियन्त्रण गर्न नसकेको एक भिडियो क्लिपले उजागर पारेको छ । छपकैया नाकाबाट दिनानुदिन तस्करीको कार्य विधि बढ्दै गएतापनि पर्सा प्रहरीले रकममा लिप्त हुने गरेकै कारण तस्करी धन्दा नियन्त्रणमा आउन नसकेको भिडियो क्लिपले प्रष्ट पारेको हो ।
शान्ति सुरक्षा लगायत सीमा सुरक्षाका साथै चोरी तस्करी नियन्त्रण गर्न जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा छपकैया नाकाबाट व्यापक रुपमा तस्करी बढेको पाइन्छ । बिहान, बेलुकाका साथै रातिको समयमा पनि चोरी तस्करी गर्ने गिरोहहरु छपकैया नाकामा सल्बलाएका हुन्छ । रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुरै लाइन क्लियर गरे पश्चात तस्करहरुको लस्करै जाने गरेको स्थानीयहरु बताउछन ।
स्थानीयले जनाए अनुसार हालसम्म पटाकाको लाइन नभएको ठाउ छपकैयाबाट यसपालि पटाकाको समेत लाइन स्वरुप प्रहरीलाई मासिक रुपमै नजराना बुझाइएकोले दैनिक पटाका नेपाल भित्रिरहेको आरोप स्थानीय एक युवाले बताउनु भयो । उनका अनुसार प्रहरी चौकी छपकैया र बोर्डर आउट पोष्ट श्रीसियाका प्रमुखहरु नै चोरी तस्करी गर्ने गिरोहहरुलाई संरक्षण गर्न थालेपछि तस्करीको कार्यमा बढोत्तरी हुन स्वभाविक नै रहेको बताए ।
छपकैया नाकाबाट काजु र कपडाको काम गर्न ६ जना तस्करको समुह एक जुट भएको व्यापक चर्चाको बिषय बनेको छ । छपकैया नाकाबाट चोरी तस्करीको बिषयमा समाचार बाहिर जान डरले ६ जना तस्करका मुख्य नाइकेहरु एकजुट भएको व्यापक चर्चाको बिषय बनेको हो ।
प्रहरीहरुमा चारै तिर मासिक रुपमै महिनवारी जाने गरेकोले कुनै किसिमको डर त्रास नरहेको तर वीरगंज भन्सार कार्यालय गुल्मपति डिएसपी सुरज रिजालको भर नभएको कारण चारै तिर सुराकी अर्थात लाइन देख्नको निम्ति मान्छे खटाएर अवैध तरिकाले मालसमान आयात तथा निर्यात गर्ने गरेको तस्कर श्रोत नै बताउछन । उनका अनुसार आफ्नो नाम गोप्य राख्ने सर्तमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायसम्म तस्करीको रकम पुगेकै कारण कुनै किसिमको रोकटोक नरहेको ठोकुवा गरे ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलले चोरी तस्करी नियन्त्रण गर्नुको साथै कुनै किसिमको अप्रिय घटना नघटोस भन्दै जिल्ला प्रहरी कार्यालय पर्सा मातहात रहेको सबै प्रहरी चौकी कमाण्डरलाई निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । उहाले खासगरी तिहारको समयमा बिष्फोटक समाग्री भित्रिन सक्ने भएकोले त्यसतो कार्य गर्नेहरु प्रति निगरानी मात्र नबढाई नियन्त्रणमा लिने ठाडै आदेश गरिएको बताउनु भयो । छपकैयाको हकमा सुचना आएको तर ठोस प्रमाण आउनसाथ कारवाही गर्नबाट पछि नहट्ने समेत प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताउनु भयो ।























