समाचार, समाज

कतारमा सात वटा वैचारिक संस्थाको संयुक्त शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न

रामएकवाल राम
२०८१ कार्तिक १० | मध्यान्ह ०५:०७ बजे

दोहा, कतार । प्रवासी भुमी कतारमा स्थापित सात वटा वैचारिक संघ संस्थाहरूले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेका छन।

नेपालीहरुको महान चाड बडा दशै, शुभ दिपावली तिहार छठ पर्व, नेपाल सम्वत, बलिहाङ, तङनाम, जितिया मह पुजा लगायत पर्वहरुको पावन अवसरमा कतारमा स्थापित वैचारिक संस्थाहरु मध्ये सात वटा संस्थाहरु नेपाली जनसम्पर्क समिति कतार,प्रवासी नेपाल मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार,प्रवासी नेपाली एकता समाज( पानस) कतार, नेपाली समाज कतार, नेपाली जनप्रगतिशील मोर्चा कतार, संघीय लिम्बुवान समाजिक मञ्च कतारको संयुक्त आयोजनामा शुक्रबार कतारको एसियन टाउन स्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा संयुक्त रूपमा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।

photo 2024 10 26 17 00 42

आयोजक संस्थाहरु मध्ये नेपाली जन सम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलिको सभाअध्यक्षता तथा नेपाली राजदुतावास कतारका कार्यवाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि राईले कार्यलयको काम बिशेशले कार्यक्रम उपस्थित हुन नसके पनि चाड पर्व तथा कार्यक्रम सफलताको शुभकामना साथै आगामि कार्यक्रमहरुमा सहभागिता हुने भने सन्देश पठाउनु भएको थियो।

photo 2024 10 26 17 00 44

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्द मुक्तादा मुसलमानले स्वागत मन्तब्य राखेको थियो।

photo 2024 10 26 17 00 47

कार्यक्रममा बिमल सुवेदी चानक पोखरेल कमलमनी गुरागाई केबि हमाल सागर, नेपाल तेज मोक्तान तमाङ्ग, गणेश ढकाल, पदम गिरि, माया केसि, डिएन मगर, रेखा राई, समाजसेवी करिमबक्स मिया लगायत थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए।

photo 2024 10 26 17 00 49

मधेशमा मनाईने महान पर्वको रुपमा रहेको छठ पर्वलाई सम्बोधन गर्दै जसपा नेपाल प्रवास सङ्गठन साथै अयोजक समेत रहेका नेपाली समाज कतारका अध्यक्ष मनिष यादवले सामुदायिक हिसाबमा नेपाल भरीका तथा विश्वभरी छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा आपसी सद्भाव भाईचारा र मेलमिलापको लागि यो चाडपर्व निकै नै महत्त्वपूर्ण रहेको छठ पर्व हिमाल पहाड तराई सम्पूर्ण समुदायले मनाउदै आएको स्मरण गराए त्यसैगरी प्रवासमा रहेर पनि पार्टी सङ्गठन र विचारहरु फरक भए पनि एउटा छुटै किसिमको आत्मीयता रहेको प्रवास भित्र सामुहिक रुपमा यो शुभकामनाको कार्यक्रम अगाडि बढाउनु साथमा मनाउनु यो निकै नै महत्त्वपूर्ण सुखद रहेको उहाँले बताए।

photo 2024 10 26 17 00 52

कार्यक्रममा आयोजक संस्थाहरु प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की,प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,प्रवासी नेपाली एकता समाज (पानस) कतारका अध्यक्ष तिलक श्रेष्ठ, नेपाली समाज कतारका अध्यक्ष मनीष यादव, नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष रबिन पुन मगर र संघिय लिम्बुवान सामाजिक मञ्च कतार अध्यक्ष डम्बर लिवाङ मिसेक लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख पदाधिकारी एव प्रतिनिधिहरु, कलाकार, पत्रकार, व्यवसायी, कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो।

photo 2024 10 26 17 00 54

प्रवासी नेपाली मञ्च कतारका सचिव शेषराज तिमिल्सिनाको सहजीकरणमा सभापति मोहम्मद अजिज अलिले कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक भौतिक साथ सहयोग गर्ने तथा सभाहलमा उपस्थित सम्पुर्णलाई नेपाली चाडकाडको शुभकामना सहित धन्यवाद प्रकट गर्दै सम्मपन गरेको थियो।

photo 2024 10 26 17 00 58photo 2024 10 26 17 01 00

कमेन्टहरु