बाजुरामा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्युु

उमेश रोकाया
२०८१ कार्तिक ८ | मध्यान्ह ०१:०७ बजे

बाजुरा, कार्तिक ०६। बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे कर्णाली करिडोर सडकबाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
मोटरसाइकल चालक वर्ष २९ का खेमराज बुढाको घटना स्थलमा मृत्युु भएको छ। मृतक बुढा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानियवासि हुन भने घाइते बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानिय ३७ वर्षिय खडक भण्डारी हुन । जगन्नाथ गाउँपालिकाको दश शैया अस्पतालमा घाइते भण्डारीको उपचार भइरहेको जुड्डी प्रहरी चौकि प्रमुख गजाधर महराले जानकारी दिएका छन।


















