प्रबास, मुख्य समाचार, विचार/ब्लग, समाचार, समाज, सुदुरपश्चिम प्रदेश
बैतडीमा रास्वपाले आज मोटरसाइकल र्याली निकाल्दै
प्रशान्त बोहरा
२०८१ कार्तिक ८ | बिहान १०:०७ बजे

बैतडी,
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले पनि विरोध प्रदर्शन गर्न लागेको छ । आज जिल्लाका विभिन्न ठाउँहरुबाट रास्वपाले मोटरसाइकल ¥याली निकाल्ने तयारी थालेको हो ।
जिल्लाको पाटनबाट बिहान साढे ११ बजेदेखि ¥याली सुरु गरी सत्बाझ, सिललेगडादेखि पञ्ज्युनयाँ हुदै गोकुलेश्वरमा दिउँसो करिब ३ बजेको समयमा कोणसभामा परिणत गरिने रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोज राज जोशी (क्वालीटी)ले जानकारी गराएका छन् ।
पाटनबाट थोरै संख्यामा मोटरसाइकल भएपनि सिल्लेगडादेखि गोकुलेश्वरसम्म मोटरसाइकल ¥यालीमा धेरै सहशभागि हुने उनले बताए ।























