अर्थ, कृषि, मुख्य समाचार, समाचार, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

बझाङमा कृषी मेला प्रदर्शनी कार्यक्रम २०८१ सम्पन्न ।

प्रशान्त बोहरा
२०८१ कार्तिक ७ | मध्यान्ह ०९:०७ बजे

बझाङ : बझाङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको धार्मिक तथा ऐतिहासिक सुर्मा देवी (शिल देवी) मेलाको अवसरमा आयोजित “कृषी मेला प्रदर्शनी २०८१” सफलतापूर्वक आज सम्पन्न भएको छ। दलित सहयोग समाजद्वारा सञ्चालीत क्लाइमेट परियोजना, पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र कृषि ज्ञान केन्द्र बझाङको आयोजनामा आयोजित कृषि प्रदर्शनी मेलालाई यूएमएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, र कृषि ज्ञान केन्द्र बझाङले आर्थिक सहयोग गर्नुभएकाे थियाे । बझाङ उद्योग वाणिज्य संघको समन्वयमा यो मेला कार्तिक १ देखि ७ गतेसम्म सञ्चालन भएकाे थियाे ।

उद्घाटन कार्यक्रममा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर शुर्मेलीकाे अध्यक्षतामा सञ्चालन भएकाे कार्यक्रममा  जयपृथ्वी नगरपालिकाका नगर प्रमुख  चेतराज बजाल  बिशिस्ट अतिथिका रहनुभएकाे थियाे।  बझाङ जिल्लाका  ११ वटा पालिकाका प्रमुख , उपप्रमुख अध्यक्ष ,उपाध्यक्ष, वडा अध्यक्षहरू, नागरिक समाजका प्रतिनिधिहरू, व्यापारी, कृषक, खेलाडी, देउडा प्रेमीहरू, र अन्य जिल्लाबाट आएका दर्शनार्थीहरूको समेत  सहभागीता रहेको दलित सहयाेग समाजका परियाेजना संयाेजक रमेश बहादुर मालीले  बताउनुभयाे ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बिष्टले मेलाको उद्देश्यबारे प्रकाश पार्दै “रैथाने तथा स्थानीय बालीहरूको संरक्षण, प्रवर्द्धन, र पहिचान गराउनु प्रमुख उद्देश्य हो। मेलामा कृषकहरूलाई आधुनिक तथा पारम्पारिक खेती प्रविधिहरूको जानकारी दिनु, रैथाने बालीहरूको पोषणतत्त्व र स्वास्थ्य लाभबारे जनचेतना फैलाउनु यस मेलाको अर्को महत्त्वपूर्ण उद्देश्य बारे प्रस्ट पार्नुभयाे ।

मेलाले कृषकहरूलाई आधुनिक प्रविधि र उपकरणहरूको जानकारी गराउँदै कृषि उत्पादन बढाउने तथा वातावरणमैत्री कृषि प्रणालीको प्रोत्साहनमा सहयोग पुर्‍याउने कार्यक्रमका प्रमुख अतिथिले पनि रैथाने बालीहरूको प्रवर्द्धनले जैविक विविधता, पोषण, आर्थिक सशक्तिकरण, र जलवायु परिवर्तनसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

  • दलित सहयोग समाज, कृषि ज्ञान केन्द्र, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाहरूले मेलाको सफलतामा योगदान पुर्‍याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयाे । कार्यक्रमको समापनमा उद्योग वाणिज्य संघका अध्यक्ष शुर्मेलीले  स्थानीय समुदायको खाद्य सुरक्षा र सांस्कृतिक धरोहरको संरक्षणमा मेलाले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै आयोजक र सहयोगी संस्थाहरूलाई धन्यवाद दिनुभयाे ।received 2372658433086828

कमेन्टहरु