लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा नवलपरासीका देवकरण कलवारसहित ३ मन्त्री थपिए, भोलि शपथ

नवलपुर टुडे
२०८१ कार्तिक ७ | मध्यान्ह ०७:०७ बजे

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा तीन मन्त्री थपेका छन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्म जय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवारलाई सरकारमा समावेश गरेका हुन् ।

त्यस्तै जसपा (राई ) पक्षबाट  बाँकेका आदेश अग्रवाल पनि मन्त्री बनेका छन् । तिमिल्सिनाले सामाजिक विकास मन्त्रालय, कलवारले वन  तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनीहरू शपथ बिहीबारका लागि तयारी गरिएको छ । मन्त्रीहरू थपिएको इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेले नवनियुक्त मन्त्रीहरूको भोलि बिहान शपथग्रहणको तयारी भएको बताए । 

 

कमेन्टहरु