कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको बेसिक लाइफ सर्पोट एण्ड प्राइमरी ट्रमा केयर तालिम समापन कार्यक्रममा सो कुरा बताएका हुन्।
महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफुलाई उभ्याउन सफल भएको बताउनुहुँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढि पहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौ नागरिकहरुको जीवन रक्षा गरेको समेत उल्लेख गरे।




















