प्रहरीको मिलोमतोमा छपकैया नाका हुदै खुल्याम काजुको तस्करी


वीरगंज ७ कार्तिक। पर्सा प्रहरीले आफ्नो कार्य इमान्दारीता पूर्वक ठोकुवा गरिरहेकै बेला छपकैया नाका काजु तस्करहरुका लागि ट्रान्जिटको रुपमा रुपान्तरण हुन पुगेको छ । पर्सा प्रहरीको भनाई र काम गराईमा फरक शैली रहेको हाल छपकैया नाकाबाट हुने तस्करी धन्दाले स्पष्ट पारेको हो ।
छपकैया नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी धन्दा सुरु भएपनि त्यसको ढाकछोप गर्दै प्रहरीले इमान्दारीता पूर्वक काम गरिरहेको बताइएको छ । हातिको खाने दात अर्कै, देखाउने दात अर्कै कहावत झै प्रहरीको पनि काम कारवाही त्यस्तै देखा पर्न थालेको छ । इलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र टेरको राम्रै पहुचका अधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट सिधै छपकैयामा पठाइएको चर्चाको बिषय बनेको छ ।
वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत हुदा प्रहरी नायब निरीक्षक सुरेन्द्र टेर संग तस्कर संगठनको राम्रै चिनजान अर्थात समन्वय रहेको कारण आर्थिक भागबन्डा मिलाएर छपकैया नाकामा पुगेको व्यापक चर्चाको बिषय बनेको छ । छपकैयामा पुगेको केहि हप्तामै कुख्यात काजु तस्कर पशुपति यादव संग समन्वय गर्दै काजु तस्करीको लाइन दिएको प्रहरी श्रोत नै बताउछन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेलले मातहत पर्ने प्रहरी चौकीहरुलाई चोरी तस्करी नियन्त्रण गर्नुको साथै अपराधीक कृयाकलापमा समेत निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । सीमाको जिम्मेवारी सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भएपनि नेपाल प्रहरीले समेत सीमाबाट हुने अवैध कृयाकलापका साथै अपराधीक कृयाकलाप रोकथाम गर्नको निम्ति निगरानी बढाउन निर्देशन दिएको बताएपनि छपकैया नाकामा खासै प्रवाह नपरेको देखिन्छ ।























