कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कृषक बाली भित्र्याउन चटारोमा


बाजुरा, कार्तिक ०६। बाजुरा कृषक कार्तिक बाली भित्र्याउन चटारोमा छन। असोज महिना देखि आजभोलि जिल्लाका अधिकास कृषक बाली भित्र्याउन रातदिन व्यस्तता रहेका छन। जेष्ठ, असार र साउन महिनामा रोपेका धान लगाएको कोदो, सिमी लगायतका खेतबारीमा अन्नबाली घरमा भित्र्याउन खेतमा व्यस्त रहेको किसान ज्ञाने बोहराले बताए। दशै मनाएपछि किसान लगातार बाली एकपछि एक गरेर सिजनमा समय घरमा भन्दा खेतबारीमा आफ्नो कामकाज व्यस्त रहेको छन।
पछिल्लो समयमा किसान खेतबारीको खेतीपाती गर्ने महिला पुरुष खेतमा फलाएको अन्नबाली भित्र्याउन क्रममा आजभोलि पुर्ण व्यस्तता रहेकोे देखिन्छ। वर्ष किसान काम चाप हुने भनेको जेष्ठ, असार र असोज कार्तिक महिनामा बढी कामको लोड हुने गर्छ। जसले गर्दा खेत लगाएको बाली जिल्ला भित्रका गाउँ-गाउँमा कृषकहरू निकै काममा खटिने गरेको हुन्छ। धान खेती कतिपय सिचाइको अभावको कारणले आकाशे पानीको भरमा हुँदा उत्पादन बढ्ने कहिले घट्ने गरेको हुन्छ। किसान आफ्नो जग्गा अनुसार अन्नबाली पाउने गरेको किसानले बताए।


















