अपराध, देश, पर्यटन, प्रदेश, प्रहरी/सुरक्षा, भ्रष्टाचार, मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार, समाज
दाङमा १० जना जुवाडे पक्राउ

दाङको शान्तिनगरबाट १० जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर–४ निवासी ५३ बर्षीय देब बहादुर केसी, सोही ठाउँका ५४ बर्षीय सालिकराम भण्डारी, ४३ बर्षीय मेघ बहादुर केसी, ३६ बर्षीय कमल बुढाथोकी, ४८ बर्षीय कालुराम चौधरी, ३१ बर्षीय तेज घर्ती, ४९ बर्षीय धर्म चन्द, ५७ बर्षीय यज्ञ बहादुर केसी, ४२ बर्षीय यज्ञराज डागी र कंचनपुरको बेलौरी नगरपालिका–८ का ३६ बर्षीय बिक्रम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
शान्तिनगर–४ जुम्लेकुलाका धर्म चन्दको घरमा अबैध रुपमा जुवा खेली खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट खटिएको प्रहरीले गएराती साढे १० बजेको समयमा उनीहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । उहाँका अनुसार उनीहरुको साथबाट एक लाख ६४ हजार ३ सय पाँच रुपियाँ, ५ थान मोबाइल र १ गड्डी ताससमेत बरामद गरीएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















