खेलकुद

माल्दिभ्सविरुद्ध नेपाल पहिलो हाफमा ४-० ले अगाडि

नवलपुर टुडे
२०८१ कार्तिक ५ | मध्यान्ह ०७:०७ बजे

खेलको सुरुवातदेखि नै नेपालले बलमा पकड कायम गर्दै लगातार विपक्षीको पोष्टमा आक्रमण गर्न सफल भएको थियो। पाँचाैं मिनेटमा प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

२९ औं मिनेटमा सविता राना मगरले बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। त्यसपछि, रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा थप दुई गोल गर्दै नेपालको गोल संख्यालाई चारमा पुर्‍याइन्।

खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। यसअघि पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरी खेलेको थियो।

कमेन्टहरु