राति चन्द्रमाको विशेष पूजा अर्चना गरी चाल्नोले आफ्नो श्रीमानको मुख हेर्नै चलन रहेको कपिलवस्तु नगरपालिका – ३ धनौराकोटकी की रेनु श्रीवास्तवले बताईन। उनले विवाहित महिलाहरूले पतिको लामो आयुको र संबृद्धीको कामना गरी यो यो पर्व मनाउने चलन रही आएको बताईन।
प्रदेश नम्बर ५ की प्रदेश निवर्तमान सदस्य सुषमा यादवले यो पर्वमा आफू पनि निर्जल व्रत बसी पतिको लामो आयुको कामना गरेको बताईन। छर छिमेक र घर परिवार मिलेर यो पर्व मनाएको उनले बताईन।
चन्द्रमाको पूजा पछि श्रीमानलाई आफनै हातले पानी खुवाएर महिलाहरूले व्रत तोड्ने गर्दछन्। यस दिन व्रत बस्ने महिला र उसको पतिको भगवानले रक्षा गर्ने विश्वास रही आएको छ। यस अवसरमा घरमा नयाँ उत्पादन भएको धानु कुटीएको चामलको पीठोका विभिन्न परिकार, मिठाई लगायतका परिकारहरू बनाई खाने चलन रही आएको छ।
पूजाको प्रसाद छर छिमेक तथा इष्टमित्र लाई बाडने समेत गरिन्छ। यो पर्व भारतमा निकै रमाइलो गरी मनाइने गरिन्छ।

























