कर्णाली प्रदेश, राजनीति

प्रचण्ड रारा पुगे, जुम्लाको सभालाई सम्बोधन गरेर फर्किने

नवलपुर टुडे
२०८१ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालयले भनेको छ ‘उहाँले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’ त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरेर उनी आजै काठमाडौं फर्कने छन् ।

कमेन्टहरु