समाचार

कपिलवस्तुको शिवराज नगरपालिकाले प्लास्टिकको माला प्रयोगमा रोक

नवलपुर टुडे
२०८१ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उप दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्लास्टिक जन्य सामानका फुलगुच्छा, मालाको भण्डारण, बिक्री वितरण, आयात र प्रयोगमा रोक लगाइएको मेयर अजय थापाले बताए। साथै सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रुपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठूलो धनराशि बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ।

नगरपालिकाको सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुन बमोजिम जरिवाना हुने चेतावनी दिएको छ। वातावरणमैत्री र स्थानीय उत्पादनलाई समेत प्रवर्द्धन हुने भएकाले प्राकृतिक रुपमा उत्पादित पुस्पगुच्छाको प्रयोग गर्न मेयर अजय थापाले सबैमा आग्रह गरेका छन्। 

1729491889 shivraaj

 

 
 

कमेन्टहरु