पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्यो अश्रुग्यास

नवलपुर टुडे
२०८१ कार्तिक ४ | मध्यान्ह ०२:०७ बजे

पोखरा । कास्कीको पोखरामा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकहरूले निषेधाज्ञा जारी भएका स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको हो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले आइतबार कास्की जिल्ला अदालत, पोखरा लगेको हो।
रविका समर्थकहरूले प्रदर्शन चर्को बनाएका छन्। पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।


















