खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
छेडेदह गोल्डकप पहिलो चरणको खेल सुरु


बाजुरा, कार्तिक ०३। शनिबारबाट संचालन भएको छेडेदह गोल्डकप प्रतियोगितामा पहिलो चरणका खेल आइतबार विहानबाट सुरु गरिएको छ । पहिलो खेल केपी बा स्पोर्टस् क्लव विएम ९ बीच प्रतिष्पर्धा हुने भएको छ । यस्तै दोस्रोमा नडाङ युथ क्लव र बजेडी युथ क्लव बीच प्रतिपर्धा हुनेछ । छेडेदह गोल्डकप २०८१ मा तेस्रो खेल सि एस सी ब्लु वि वाइ सी ताँप्रा बीच खेल हुने संयोजक ओलीले बताए । चौथो खेल गौमुल र सि एस सी सनाइवाडा बीच हुने संयोजक ओलीको भनाई रहेको छ । आज पहिलो चरणमा चार खेल हुने भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरको दशरथ माध्यमिक विद्यालयको खेलमैदानमा खेलको पहिलो चरणको प्रतियोगिता सुरु भएको छेडेदह स्पोर्टस क्लवका संयोजक कृष्ण ओलीले बताए ।
जिल्लाकै ठुलो धनराशीको प्रतियोगितामा १० टिम सहभागी भएका छन् । हरेक वर्ष संचालन हुदै आएको उक्त प्रतियोगिता यो वर्षबाट गोल्डकपका रुपमा संचालन गरिएको हो । खप्तड छेडेदह गाउँपालिका र स्पोर्टस् क्लवले संयुक्त रुपमा संचालन गरेको उक्त प्रतियोगिता कार्तिक १० गतेसम्म चल्ने भएको छ । छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ । भने विजेता टिमलाई मेडल ट्रफी सहितको पुरस्कार वितरण गरिने छ । खप्तड छेडेदह गाउँपालिका–७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ ।
खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ । यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो । छेडेदह गोल्डकप छैटौं संस्करण समुद्घाटन सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदमबहादुर शाही गरेका थिए ।























