नवलपुर जिप दुर्घटना: २ जनाको मृत्यु, २५ जना घाईते(पुर्ण विबरणसहित)


कावासोती । नवलपुर कावासाेती- १ बालुवाडाँडा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएका छन भने २५ जना घाईते भएका छन । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
घाइते हुनेमा बोलेरो चालक देवचुली नगरपालिका- ३ बस्ने बर्ष ३२ को लिल बहादुर सुस्लिङ, बुलिङटार गाउँपालिका- २ बस्ने बर्ष ३२ की तुलीमाया सारु, सोही स्थान बस्ने बर्ष २४ की सबिना सारु, बस्ने बर्ष १८ की सृष्टी पाटा मगर, बर्ष २६ की मालती थानी परियार, बर्ष १० को न्युलोक रहेका छन ।
त्यस्तै बुलिङटार- १ ढाँडबेसी बस्ने बर्ष २२ झमिसरा पुलामी मगर, बर्ष २४ को रबिन्द्र पुलामी मगर, बर्ष ३ को कृष पुलामी मगर, बर्ष ३ को कृषन पुलामी मगर छन। त्यसैगरी बुलिङटार गाउँपालिका- ३ बस्ने बर्ष ९ को आषिस राना मगर, बोलेरो साहु बुलिङटार-२ बस्ने बर्ष ४३ को भोज बहादुर पुलामी मगर, कावासोती नगरपालिका-३ बस्ने बर्ष १२ की आयुसा तिवारी बर्ष २९ की सजिता खत्री, बर्ष ८ को सेरेन खत्री, बुलिङटार गाउँपालिका- ३ बस्ने बर्ष ३० की कृति परियार, बर्ष ७ को सचिन परियार, बर्ष ७ की सफिरा परियार, बर्ष १३ की मालिका सुस्लिङ र बर्ष १५ की रोस्नी चिदी रहेका छन ।
त्यस्तै बुलिङटार गाउँपालिका- ३ बस्ने बर्ष ३३ को कर्ण बहादुर सुस्लिङ मगर, हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ को पुरुष ब्यक्ति र हाल नामथर वतन नखुलेको अन्दाजी ३२/३३ को पुरुष व्यक्ति मृत्यु भएको छ । उनको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । घाईतेहरुको उपचार भरतपुर चितवन र जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।























