मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

गाउँमा खानेपानीको हाहाकार हुँदा स्थानीयलाई समस्या

उमेश रोकाया
२०८१ कार्तिक ३ | बिहान ०८:०७ बजे

बाजुरा, कार्तिक ०३। गाउँमा खानेपानीको हाहाकार हुँदा स्थानीयलाई समस्या भएको छ। बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ५ नदपाटा गाउँमा खानेपानी हाहाकार हुँदै आइरहेको छ। गाउँ भरी खानेपानी लाइनको एक वटा धारो रहेकोे छ। दशै तथा चार्ड पर्वमा आउँदा गाउँमा बाहिर बाट आउने संख्या बड्दै जादा पिउने पानी निकै समस्या झेल्नुपर्ने अवस्था आएको छ। गाउँमा भएको धाराको पानी भर्न घण्टौ कुर्नुपर्छ। कहिलेकाही गाउँमा भएको धाराको पानी सुकेपछी खोला गएर आधा घण्टा हिडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोे छ। “हाम्रो गाउँमा करिब ७०/७२ घरपरिवार स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन”। खानेपानी मुख्य ट्यांकी रातभरि बन्द गरेर बिहान पानी खोल्दा पनि गाउँका मान्छेलाई खानेपानी हाहाकार रहेकोे स्थानीय प्रकाश कार्कीले बताए।

गाइ बस्तुलाई खुवाउने फोहोर पानी जम्मा गरेर दैनिक दिन खुवाउने गरेको छ। गाउँमा ६ महिना बस्ने ६ महिना हिउँदमा औल बस्ने गरेको छ। गाउँमा खानेपानीको समस्या हुँदा खेतबारीमा लगाएको साग तरकारी पनि सुख्खा खडेरी हुँदै आएको छ। २०६२/०६३ सालमा संस्थाले बनाएको धारा अलि मर्मत गर्दै एक धारा प्रयोग गर्ने गरेका छौँ। गाउँमा बड्दो जनसंख्याको हिसाबले विगत २/३ वर्षदेखि खानेपानी चपेटामा परेका छौँ। खानेपानी समेत गाउँमा नहुदा नुहाउने समेत राम्रोसँग नपाएको स्थानीय कार्कीले बताएका छन।

उहाँले भन्नुभयो, “ बर्खा महिनामा खोला नाला जताततै पानी बग्ने गरेपनि हाम्रो गाउँको धारामा खानेपानी छैनन्।” गाउँ भरीको एक वटा मात्र खानेपानीको लाइन रहेकोे छ। बिग्रेको भएपनि मर्मत गर्न पाइप छैन। गाउँमा ८०/९० घरपरिवार बस्दै आएपनी मुख्य समस्या खानेपानी रहेकोे छ। बर्खा सिजनमा पिउने पानी पाउदैन भनेपछि हामीलाई हिउँदमा बर्खा गाउँमा खानेपानी हाहाकार हुने गरेको छ। कहिले रुगिन गाउँ पानी ल्याउन जाने गरेका छौँ। बर्खा दिन सिजन गएपछि हिउँदमा खानेपानी पुरै गाउँ हाहाकारले ठुलो समस्याको चपेटामा पर्ने गरेको स्थानीय धन बहादुर भण्डारीले बताउनुभयो।

गाउँ भएको धाराको पानी नपुगेपछी खोला आउन जान गरेर २ घण्टा लाएर पानी बोकेर खाने गरेको छ। कहिले गाउँमा एक धारा पानी सानो आउने गर्छ। त्यसमा पालो कुरेर पिउने पानी भर्नु बस्नुपर्ने बाध्यता रहेकोे छ। ‘मान्छेलाई खानेपानी अपुग हुँदा गाइ भैंसीलाई खुवाउने निकै समस्या परेका छौँ।, कहिले फोहोर पानी जम्मा गरेर खुवाउने गरेको छ। गाउँमा रहेका दुई बस्तीलाई खानेपानी समस्या विगत ३/४ वर्षदेखि पिउने पानीको समस्या हुँदै आएको स्थानीय भण्डारीले बताएका छन।

कमेन्टहरु