देश

मोरङका एसपी कार्कीलाई प्रहरी प्रधान कार्यालय ताने

नवलपुर टुडे
२०८१ कार्तिक २ | मध्यान्ह ०२:०७ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीलाई तानेको छ । त्यहाँ अर्का एसपी राजन लिम्बूलाई पठाएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत लिम्बूलाई पठाएर कार्कीलाई विभाग काज सरुवा गरिएको हो । उनको काजबारे भने खुलाएको छैन ।

कार्की गएको फागुनमा मात्रै मोरङ प्रहरी प्रमुखका रूपमा खटिएका थिए । उनको एक वर्ष समय अवधि नपुग्दै काज सरुवा गरिएको हो । प्रहरी अधिकारीको सरुवाको अवधि एक वर्ष तोकिएको हुन्छ ।

कमेन्टहरु