मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
काङ्ग्रेसले स्वामीकार्तिकमा घर दैलाै संगै तिहार शुभकामना कार्यक्रम गरिने


धनगढी, कार्तिक ०२। जिल्लाको स्वामीकार्तिक खापर गाउँपलिकाको घर दैलाै कार्यक्रम संगै दशै तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने भएको छ। नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमितिको आयोजनामा पालिका भित्रका सबै वडामा घर दैलाै कार्यक्रम संगै दशै तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने भएको छ। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व भुमि सुधार सहायक मन्त्री तथा नेपाली काङ्ग्रेस महा-समिति सदस्य जनकराज गिरिकाे प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसले घर दैलाै कार्यक्रम तथा दसैं तिहार शुभकामना आदानप्रदान साथै चियापान कार्यक्रम गरिने नेपाली काङ्ग्रेस स्वामीकार्तिक खापर गाउँ कार्यसमितिले बताएको छ।
स्वामिकार्तिक खापर गाउँपालिका १ नम्बर वडामा ५ गते २ नम्बर वडामा ४ गते ३ नम्बर वडामा ७ गते ४ नम्बर वडामा ८ गते ५ नम्बर वडामा ९ गते दिनमा दशै तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने नेपाली काङ्ग्रेस गाउँ कार्यसमितिले निर्णय गरिएको छ। सोही कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता लगायत सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी लाई उपस्थितकाे लागि हार्दिक अनुरोध गरिएको नेपाली काङ्ग्रेस स्वामिकार्तिक खापर गाउँ कार्यसमितिका सभापति महेश कटेलले बताउनुभयो।


















