घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
हिमाली गाउँपालिका कार्यरत नर्सिङ अधिकृत मल्लको निधन


धनगढी, कार्तिक ०१। बाजुरा जिल्लाको अति दुर्गममा रहेको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो ।
बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पुर्याउनै लाग्दा मृत्यु भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
नर्सिङ अधिकृत मल्लले हाल केही समय देखी हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखकाे जिम्मेवारी समाल्दै आएकी थिइन् । बाजुराको अति विकट बिच्छ्या घरघरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।























