तस्कर

कपिलवस्तुको गेडुवजोतबाट अबैध काठ नियन्त्रणमा

नन्द किशोर कुर्मी (लालु)
२०८१ कार्तिक १ | बिहान ०५:०७ बजे

गेडुवजोत । कपिलवस्तुमाको सीमा नाकामा रहेका विभिन्न काष्ठ, फर्निचर उद्योग र तस्करले लुकाई छिपाई लगेको काठ बरामद गरिएको छ । बुधबार बिहान ११ बजे बिजायनगर सशस्त्र सीमा बल, नेपाल प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले काष्ठ उद्योग र तस्करहरु ल्याउदै गरेको अबस्थामा काठ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले विजयनगर गाउँपालिका- ७ गेडुवाजाेत गाउँ काे पश्चिम सिमा नाकाबाट नेपालमा ल्याउदै गरेकाे अवस्थामा २ वटा सहगवनकाे गोलिया र १ वटा सिसम गाेलिया लगभग १५ क्युफिट काठ बरामद गरिएका हुन ।

जसको अन्दाजी मूल्य ३० हजार बराबरको रहेको प्रहरीले बताए । काष्ठ उद्योग र फर्निचर संचालन गर्नेले तस्करको प्रयोग गरी भारतबाट अबैध रुपमा गाउँमै लुकाइ छिपाइ राखेको काठ काष्ठ उद्योगमा लानेक्रममा नियन्त्रणमा लिएको हो ।

यहाँका काष्ठ उद्योग र तस्करले भारतबाट चोरी तस्करी गरि ल्याएको काठ उद्योगसम्म पुर्‍याउछन ।

कमेन्टहरु