मधेश प्रदेश, मुख्य समाचार

पत्रकारिता गर्नेहरु भन्दा बढी चाटुकारिता गर्नेहरुलाई प्राथमिक्ता

उमेश दुबे
२०८१ अशोज ३० | मध्यान्ह ०७:०६ बजे

बारा, ३० असोज / प्रहरी दिवस २०८१ को अवसरमा आयोजना गरिएको कार्यक्रममा वितरण गरिएको कदर पत्रमा समेत विभेद भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले ६९ औं प्रहरी दिवसको अवसरमा अपराधको रोकथाम र नियन्त्रण गर्ने तथा समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको कार्यमा पत्रकारिताको माध्यमबाट ईमान्दारी पूर्वक योग्यदान पुरयाएको भन्दै प्रदान गरिएको कदर पत्रमा समेत बिभेद गर्दै खोज मुलक पत्रकारिता गर्नेहरु भन्दापनि चाटुकारिता गर्नेहरुलाई प्राथमिक्ता दिएको आरोप बरेली संचारकर्मीहरुले लगाएका हुन ।
काम गर्ने आलु मकै खाने भालु भन्ने उख्खान झै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खडकाको काम कारवाहीका साथै प्रदान गरिएको कदर पत्रले सिधै प्रष्ट भएको बरेली संचारकर्मीहरुले आरोप लगाएका छन । बुधवार जिल्ला प्रहरी कार्यालय बाराको प्रांगनमा सम्पन्न भएको कार्यक्रममा चाटुकारिताको आधारमा कदर पत्र प्रदान गरिएको बरेली संचारकर्मीहरुले आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय बारामा भइरहेको उदण्डताको बिषयमा ढाकछोप गर्दै समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई मात्र कदर पत्रबाट सम्मान गरिएको बरेली संचारकर्मीहरुले दुखेसो पोखे ।
निष्पक्ष र भएरहित ढंगले पत्रकारिता गर्नेहरुलाई पाखा लगाउदै जिल्ला प्रहरी कार्यालय बाराको नामले आर्थिक तान्डव मचाउनुको साथै समाजमा बिकृति फैलाउनेहरुलाई कदर पत्रले सम्मान गरिएको प्रति बरेली संचारकर्मीहरु आपति जनाएका छन । एक जना बरेली संचारकर्मीका अनुसार सीमाबाट हुने अवैध कृयाकलापबाट प्रहरीको नाममा रकम उठाउने र सीमा नाकाबाटै कपडाको तस्करी गर्दै आएका पत्रकारलाई जिल्ला प्रहरी कार्यालय बाराले सम्मानीत गर्नु लाजमर्दो कुरा बाहेक केही नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले प्रदान गरेका कदर पत्रले उहाकै इमान्दारीता माथि प्रश्ण चिन्ह खडा गरेको, एक संचारकर्मीले बताए । उनका अनुसार समाजमा पटक पटक सम्प्रदायीक द्वन्द फैलाउन प्रयास गर्नेलाई समेत कदर पत्रबाट सम्मानीत गरिनुले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खडकाको कार्यशैली माथि नै प्रश्ण चिन्ह खडा भएको बताए । समाचार सम्प्रेषण गर्नु भन्दा अगाडी हजुरदारी गर्दै समाचार समेत प्रहरी उपरीक्षक संगै सच्याउन लगाउने पत्रकार भनाउदाहरु सम्मानीत हुनु भनेको निष्पक्ष ढंगबाट पत्रकारिता गर्नेहरुलाई नै खिल्ली उडाएको अभाष हुन थालिएको बरेली संचारकर्मीहरु बताउछन ।

कमेन्टहरु